चीनलाई विभाजन गर्न खोज्ने शक्ति समाप्त : राष्ट्रपति सी

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनलाई विभाजन गर्न खोज्ने शक्ति समाप्त हुने बताएका छन्। चिनियाँ संसद्को बन्द सत्रलाई सम्बोधन गर्दै सीले ताइवान र हङकङमा चीनबाट अलग हुन चाहने शक्तिलाई सीले कडा चेतावनी दिएका हुन्। सीले मुलुकमा एकता प्राप्त भएकाले चिनियाँ जनताको आशा पूरा हुने बताएका छन्।

चीन आफ्नो विकासप्रति सन्तुष्ट नरहेको सीको भनाइ छ। कार्यक्रममा प्रधानमन्त्री लि खछ्याङले चीनले विश्व अर्थतन्त्रको सहकार्य गर्न प्रतिबद्ध रहेको बताए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्यातमा कर बढाउने सन्दर्भमा गरेको निर्णय विपक्षमा चीनले आफ्नो अडान राखेको विश्लेषण गरिएको छ।

सम्बन्धित शिर्षकहरु