‘रेस ३’ को पोस्टरमा सलमानको एक्सन स्टाइलिस रुप

एजेन्सी । बलिउडका सुपरस्टार अभिनेता सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘रेस ३’ को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक भएको पोस्टरमा सलमान खानले एक हातमा बन्दुक बोकेको देख्न सकिन्छ। एक्सन थ्रिलर रुपमा निर्माण गरिएको यो चलचित्रलाई रेमियो डिसुजाले निर्देशन गरेका छन् भने टिप्स फिल्मस् र सलमान खान फिल्मस् निर्माण रहेको छ।

चलचित्रमा सलमानका साथै अनिल कपुर, बवी देवल, ज्याकलिन फर्नान्डेज र डेजी शाहको अभिनय रहेको छ। यो रेस फिल्मको तेस्रो सिक्वेल हो। रेसको पहिलो भागमा अनिल कपुर, सैफ अलि खानको भूमिका रहेको थियो भने दोस्रो भागमा अनिल, सैफ अलि दोहोरिएका छन् भने जोन अब्राहम, दीपिका पादुकोन आदिको अभिनय रहेको थियो।

सम्बन्धित शिर्षकहरु