एजेन्सी । म्यान्चेष्टर युनाइटेड एफ ए कपको सेमिफाइनलमा पुगेको छ । ब्राइटनलाई २-० ले हराउँदै म्यानचेष्टर युनाइटेड प्रतियोगिताको सेमिफाइनल पुगेको हो । म्यान यू लाई जिताउन रामेलु लुकाकु र निमाञ्जा म्याटिकले गोल गरे ।
त्यसैगरि स्वान्सी सिटीलाई ३-० ले हराउँदै टोटनह्याम पनि एफ ए कपको सेमिफाइनलमा पुगेको छ । टोटनह्यामको जितमा एरिक्सनले दुई तथा लामेलाले एक गोल गरे ।








