भोलि देशभरका आंगिक क्याम्पसमा बिदा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पूर्वउपकुलपति डा गोविन्द शर्माको निधनमा शोक मनाउन शुक्रबार देशभरका आंगिक क्याम्पसमा बिदा दिने भएको छ । बिहीबार सूचना जारी गर्दै चैत २ गते बन्द गर्ने जानकारी दिएको हो । शर्माको ७५ वर्षको उमेरमा फागुन ३० गते रुसमा निधन भएको थियो । त्रिवी शिक्षण अस्पतालका पूर्व निर्देशक समेत रहेका उनी वरिष्ठ शल्यचिकित्सक समेत थिए।

लामो समयदेखि कलेजोको रोगबाट पीडित भएका उनलाई उनकी भाञ्जी शान्ता दाहालले कलेजो दिएर कलेजो प्रत्यारोपण गरिएको थियो ।
विसं २०५९ मा उपकुलपति हुनुभएका डा शर्माको शव आज काठमाडौँ ल्याई त्रिवि स्मृति भवनमा शोकसभा गरिएपछि शुक्रबारका लागि बिदा दिइएको रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वघोषित परीक्षाका कार्यक्रम भने यथावत् रहनेछ ।

सम्बन्धित शिर्षकहरु