सभापतिमा देउवाले बाजी मार्ने ११ आधार

फागुन १७ । काठमाडौं, कांग्रेसको महाधिवेशन नजिकिंदै गएका बेला संस्थापनमा भद्रगोल कायम छ तर, नेता शेरबहादुर देउवा पक्ष भने आाक्रमक हुँदै अघि बढेको छ ।
आजको तरुण साप्ताहिकले देउवाले चुनाव जित्ने ११ अधारलाई यसरी प्रस्तुत गरेको छ ।
आधार १
१२ औं महाधिवेशनमा देउवा सभापतिमा सुशील कोइरालासँग ३३५ मतले पराजित भएका थिए । तर, यसपटक संस्थापनको पकड रहेका झापामा DEUBA३० मत, मोरङमा ४० मत, सुनसरीमा २५ मत, सिरहामा २७ मत, धनुषामा २१ मत, महोत्तरीमा २६ मत, रौतहतमा १४ मत, सर्लाहीमा ३१ मत, बारामा ४४ मत, पर्सामा ३९ मत, मकवानपुरमा २६ मत, चितवनमा ११ मत, नवलपरासीमा २२ मत, रुपन्देहीमा ३४ मत, कपिलवस्तुमा ५ मत, दाङमा १६ मत, बाँकेमा ११ मत, बर्दियामा सात मत, कैलालीमा ९ मत र कञ्चनपुरमा ७ मत बढेको छ । तराईका १२१ निर्वाचन क्षेत्रमा देउवाको पक्षमा ४८६ मते बढेको देखिएको छ ।
आधार २
१२ औं महाधिवेशनमा भातृ संस्थामा ८० प्रशित पकड बनाएको संस्थापन यसपटक पछि परेको छ । देउवा पक्षले महाधिवेशन भएका र नभएका दुवैमा आफ्नो पकड बढाएको छ ।
आधार ३
कोइराला पक्षको नाममा महाधिवेशन प्रतिनिधि छानिएर आए हिजोको जस्तो कट्टरता नभएका कारण पनि देउवाको पक्षमा यसपटक समाहित हुनेहरुको संख्या उल्लेख्य हुँदै गएको छ ।
आधार ४
कोइराला पक्षमा रामचन्द पौडेललाई नरुचाउनेको संख्या उल्लेख्य देखिएको छ ।
आधार ५
१२ औं महाधिवेशनमा कोइरालाको पक्षमा लागेका राष्ट्रपति डा. रामवरण यादव यसपटक पौडेलको पक्षका यसपटक आफ्नो इज्जत दाउमा राख्ने पक्षमा छैनन् । उनी आफ्ना छोरा चन्द्रमोहनलाई केन्द्रीय सदस्य बनाउन चाहन्छन्
आधार ६
अघिल्लो महाधिवेशनमा कोइरालाको पक्षमा लागेका विश्वप्रकाश शर्मा, सूर्यमान गुरुङ, चन्द्र भण्डारी, केशवकुमार बुढाथोकी, अर्जुननरसिंह केसी, श्याम घिमिरे, तारानाथ रानाभाट, महादेव गुरुङ, पुष्करनाथ ओझा, चिरञ्जिवी बाग्ले लगायतका दुई दर्जन नेताहरु यसपटक देउवालाई चुनाव जिताउन कम्मर कसेर लागेका छन
आधार ७
१२ औं को तुलनामा यसपटक ५२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरु नयाँ छन् । उनीहरु गुटउपगुटभन्दा युवाको भावना समेट्नुपर्ने पक्षमा छन् ।
आधार ८
संस्थापन पक्षमा सर्वसम्मत उम्मेदवार खोज्न सकस हुनु । रामचन्द्र पौडेल, कृष्ण सिटौला र सुजाता कोइरालाले सभापतिमा दाबी गर्नु ।
आधार ९
देउवाको राष्ट्रिय, अन्तराष्ट्रिय उचाइ र प्रतिष्ठा हुनु।
आधार १०
कांग्रेसका पौडेलको तेस्रो शक्ति केन्द्र नदेखियोस् भन्ने पक्षमा कोइराला परिवार छ । अर्कोतिर प्रकाशमान सिंह रामचन्द्र पौडेल शक्तिकेन्द्रका रुपमा उदाउँदा आफ्नो प्रभावव घट्छ भन्ने पक्षमा छन् । काठमाडौंमा प्रकाशमान सिंह निकट अधिकांश प्रतिनिधिहरु पौडेलको विपक्षमा र देउवाको पक्षमा खुलेर देखिनुले पनि यो विश्लेषणलाई पुष्टि गरेको छ ।
आधार ११
देउवाका मुख्य प्रतिस्पर्धी रामचन्द्र पौडेलसँग व्यक्तिगत संगठन छैन । चुनावी व्यवस्थापनमा पौडेलको कमजोरीका कारण उनका निकस्थहरु निराश देखिएकोले पनि पौडेल हार्ने सन्देश गएको छ ।
।

सम्बन्धित शिर्षकहरु