काठमाडौं । गौशालाबाट हतियारसहित पक्राउ परेका गुण्डा नाइके गणेश लामालाई १० दिन थुनामा रहने भएका छन् । बुधवार राति पक्राउ परेका लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीवार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेश गरेको थियो । जिल्ला प्रशासन कार्यालयले हातहतियार तथा खरखजना ऐनअन्तर्ग थप अनुसन्धान गर्न लामालाई १० दिन थुनामा राख्न म्याद थपेको हो ।
बुधवार राति गौशालाको पशुपति कम्पलेक्स अगाडि गोली चलेपछि प्रहरीले लामालाई १ थान चाइनिज पेस्तोल र सोमा लाग्ने ६ राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।








