फागुन २५ र २६ गते बन्द हुने भन्दै प्रचार गर्दै हिँड्ने एक जना पक्राउ

काठमाडौं । प्रहरीले बन्दको प्रचार गर्दै हिँड्ने एक जनालाई पक्राउ गरेको छ । फागुन २५ र २६ गते बन्द हुने भन्दै प्रचार गरेर हिँडिरहेको अवस्थामा ‘पूर्व जनमुक्ति सेना रञ्जित गुरुङ समूह’का अध्यक्ष रञ्जित गुरुङ पक्राउ परेका हुन् । उनलाई राजधानीको न्यूरोडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु