भरतपुर, बैशाख २८– चितवनको भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा भएको कांग्रेस-माओवादी संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादीले कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने भएकाले आफुहरुले पनि माओवादी उम्मेदवारलाई सहयोग गर्नुपर्ने बताए ।
भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहाल मेयरको उम्मेद्वार र उपमेयरमा कांग्रेसकी पार्वती शाह रहेका छन् ।
सभालाई सम्बोधन गर्दै देउवाले सहयोग दोहोरो हुने भएकाले आफ्ना कार्यकर्ताहरुलाई कसैको भड्काउमा नलाग्न निर्देशन दिएका छन् । उनले भने “कही हामी सहयोग गर्छौ, कहि हामीलाई सहयोग हुन्छू” ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति देउवा एउटै जहाज चढेर सभालाई सम्बोधन गर्न भरतपुर पुगेका थिए ।








