एम्बुलेन्स सेवाहरुको एउटै नम्बर,१०२ मा फोन गर्दा एम्बुलेन्ससँग सम्पर्क

काठमाडौं । नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल एम्बुलेन्स सर्भिस (नास) बीच आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ । सम्झौता पत्रमा स्वास्थ्य मन्त्रालयको नीति, योजना र अन्तर्राष्ट्रिय सहयोग विभाग प्रमुख डा श्रीकृष्ण गिरी र नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष ओम राजभण्डारीले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार नासले देशभरका स्वास्थ्य चौकी, अस्पताल, हेल्थकेयर संस्थाहरुमा सञ्चालन हुने एम्बुलेन्स सेवाहरुको एउटै नम्बर १०२ प्रयोगमा ल्याउनेछ। १०२ मा फोन गर्दा नजिकमा रहेको एम्बुलेन्ससँग सम्पर्क हुनेछ । यसको ब्यवस्थापन नासले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा गर्नेछ ।

सम्बन्धित शिर्षकहरु