काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले न्युक्यासल युनाइटेडलाई पराजित गर्दै लिगमा दोस्रो स्थानमा उक्लिएको छ । गएराती भएको खेलमा लिभरपुलले न्युक्यासललाई २-० ले पराजित गरेको छ । लिभरपुलको जितमा मोहमद सलाह र साडियो मानेको गोलमाजित हासिल गरेको हो ।
म्यानेजर जर्गेन क्लोप क्लबमा आएपछि लिभरपुलले २ सय प्रिमियर लिग गोल पनि गरेको छ । खेलको ४०औ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाइ सुरुवाती अग्रता दिलाएका थिए भएन खेलको ५५औ मिनेटमा मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए ।
जितपछि लिभरपुल २९ खेलमा ६० अंकसहित अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । पहिलो स्थानमा रहेको म्यान्चेस्टर सिटी एक खेल कम खेल्दै १५ अंकले अगाडी रहेको छ भने एक खेल नै कम खेलेको म्यान्चेस्टर युनाइटेड ५९ अंक सहित तेस्रो स्थानाम रहेको छ ।








