अष्ट्रेलियाको सिड्नीमा विशेष उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न

 

विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (GSPSS)को मुख्य आयोजना ,असनेपालन्यूजको प्रस्तुति साथै नागरिक समुह नेपाल र भिएफएम को सहआयोजनामा अष्ट्रेलियाको सिड्नीमा राष्ट्र, राष्ट्रियता र सकारत्मक जीवन सम्बन्धी एक विशेष उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

मन्त्री परिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायधीश खिलराज रेग्मीको प्रमुख अातिथ्यमा सम्पन्न उक्त उत्प्रेरणात्क कार्यक्रममा प्रमुख ४ वक्ताहरूको विशेष प्रस्तुतीको साथ कार्यक्रम सम्पन्न भएको छ ।

सो अवशरमा मन्त्री परिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायधीश खिलराज रेग्मीले नेपाल मानिसलाई मानिस बन्न सिकाउने माटो भएको र सम्भावना कहिले पनि नटुङ्गीने एउटा उत्तम देश भएका कारण सबैलाई निराश नरहन र अा-अाफ्नो ठाउँबाट उठ्नका लागी अाव्हान गर्नुभयो । उहाँले राष्ट्र राष्ट्रियता स्वाभिमान र सकारात्मक अभियानका लागी विश्वभरका नेपालीहरू एक भएर उठ्न सकिने र विदेशमा रहेका नेपालीहरूको शक्ति र उर्जा नेपालको ठुलो सम्पति रहेको बताउनुभयो ।

 

सो अवशरमा विश्व शान्ति परिषद्का शान्ति दुत नेपाल फिजी साँस्कृतिक राजदुत तथा योगुरू एवं उत्प्रेरक वक्ता अाचार्य राजन शर्माले जीवनमा सबै कुरा र सबैलार्इ सुखि पार्न सकिदैन तर सबैसँग सुखि रहन सजिलो छ भन्दै उर्जाशील शब्दहरू मार्फत संसारमा जहाँ गएपनि हामी कसरी बसेका छाैँ भन्दा हामी कसरी कुन परिस्थितीमा बसेका छाैँ र कसरी अगाडि बढेका छाैँ भन्ने कुराले महत्व राख्छ । तसर्थ सबैले सोंचलाई परिवर्तन गरेर अाजैबाट जिवनमा एउटा नयाँपन दिन सकिन्छ भन्दै विभिन्न प्रयोगात्मक प्रस्तुतिका साथ अाफ्नो उ्जाशील उत्प्रेरक भनाई राख्नुभएको थियो ।तालिका गडगडाहट र हाँसोका फोहोराबीच अगाडी बढेको उहाँको उत्प्रेरणात्मक अभिव्यक्ति सबैका लागी रोचक र सकारात्मक तरङ्ग ल्याउने बनेको थियो । भीमसेन सापकोटाको नामले समेत चिनिनु हुने उहाँले राम्रा काम गर्ने मान्छेलाई संसारको जुन कुनै मान्छेहरूले पनि स्वागत गर्ने बताउँदै नेपालका स्वच्छ छविका व्यक्तिहरूको उपस्थितिमा गरीएको यो सकारात्मक उर्जाशील कार्यक्रम सबैका लागी प्रेरणादायी रहेको बताउनुभयो ।
उहांको विशेष प्रस्तुती यसप्रकार छ।

 

 

यस्तै चर्चित संचारकर्मी तथा उत्प्रेरक वक्ता प्रेम बानियाले स्वाभिमान संसारको जुनसुकै कुनाबाट पनि उठाउन सकिने देशका लागी एउटा अभियान बताउँदै सबैले अा-अाफ्नो स्थानबाट अाफ्ना सिप कला र दक्षता फर्काएर नेपालको विकाश गर्न सकिने बताउनुभयो ।

मलाई त भगवान पनि यहाँको र नेपालको छुट्टै हो जस्तो लाग्छ : चर्चित संचारकर्मी प्रेम बानियाँ

उहाँकै शब्दमा सबैभन्दा ठूलो कुरो चाहिँ जीवनका सबै रङ्गहरुमा बाँच्ने कोशिस गर्नु रहेछ। विदेशमा आउनु भनेको चाहिँ ईन्द्रेणिको सातवटा रङ्गहरु हुन्छन यदि भने ५ वटा रङ्ग चाहिँ स्वदेशमै छोडेर २ वटा रङ्गको लागि विदेश आउनु जस्तो हुँदोरहेछ।सुन रत्नहरुले जडित मन्दिरहरु छन अमेरिकामा,अष्ट्रेलियामा पनि छन होला ,आत्माले भित्रै देखि पूजा गर्नुहुन्छ भनेर जानुहुन्छ तर मलाई भगवान वेग्लै वेग्लै जस्तो लाग्छ त्यो नेपालका  र यहाँको।

परदेशमा रहने  नेपालीहरुले आफूले सिकेको सिप ,ज्ञान ,क्षमतालाई सहि रुपमा अब नेपालमा प्रयोग गरियो भने देश विकासको गतिमा लम्किन धेरै समय नै नलाग्ने : नागरिक समुहका अध्यक्ष तथा प्रेरक वक्ता निगम हुमागाईं

सो कार्यक्रम कवि तथा सञ्चारकर्मि महेश्वर शर्माले संचालन गर्नुभएको थियो भने उहांले परदेशमा रहेका युवा तन्नेरीहरुलाई लक्षित गर्दै अब युवा तन्नेरिहरु आफ्नो सिप ज्ञान लिएर आफ्नै मलुक फर्कनुपर्छ भन्ने विचार प्रमुख ४ वक्ताहरुको बिचमा प्रस्तुत गर्दै सो अभियानलाई सदैब साथ दिने बताउनुभयो ।

विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका महासचिव विदुर प्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा एनएसडब्लुका अवैतनिक महावाणिज्यदूत दिपक खड्काले समुदायको तर्फबाट सम्बोधन गर्नुभएको थियो । साथै चुरामणिवेलवासेले संस्थाको तर्फबाट सबैलाई धन्यबाद दिनुभएको थियो। सो कार्यक्रम फेब्रुअरि १७ तारिख शनिवार हर्ट्स्भिल स्थित सिभिक थिएटरमा भएको थियो ।

सम्बन्धित शिर्षकहरु