काठमाडौं । भारतले एक दिवसीय क्रिकेट श्रृङ्खला आफ्नो पक्षमा पार्दै इतिहास रचेको छ । दक्षिण अफ्रिकालाई ७३ रनले हराउँदै भारतले दक्षिण अफ्रिकामा पहिलो पटक वनडे सिरिज जितेको हो ।
६ म्याचको सिरिजमा पाँचौं म्याचमै भारतले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ । सन् १९९२ मा पहिलो पटक अफ्रिका गएको भारतीय क्रिकेट टोली त्यतिबेलादेखि नै जितको खोजीमा थियो ।
टस हारेर ब्याटिङको निम्तो पाएको भारतले दक्षिण अफ्रिकसमामू निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पोर्ट एलिजावेथ मैदानमा भएको खेलमा दक्षिण अफ्रिकाले ४२ ओभर २ बलमा आफ्ना सबै विकेट गुमाउँदै २ सय २ रन मात्रै जोड्न सफल भयो । भारतले यो श्रृङ्खला ४–१ ले आफ्नो पोल्टामा पारेको अन्तिम तथा छैटौँ खेल १६ फ्रेब्रुअरीमा हुनेछ ।








