अष्ट्रेलिया । विश्वकै महङ्गो पासपोर्टको सूची सार्वजनिक भएको छ । द न्यु डेलीले निकालेको तथ्याङ्कमा सिरियाको पासपोर्ट महङ्गोको सूचीमा पहिलो स्थानमा रहेको छ । पार्सपोर्ट बनाउदा लाग्ने रकमको तत्थाङको आधारमा सूची सार्वजनिक गरेको हो ।
जसमा अष्ट्रेलियन पासपोर्ट विश्वकै सबैभन्दा महङ्गो पासपोर्टको सूचीमा दोस्रो स्थानमा आएको छ। अष्ट्रेलियाले गत जनवरी देखि बढाएको शुल्कले गर्दा दोस्रो महङ्गो पासपोर्ट बनेको छ भने शुल्क बढाउने तयारिमा रहेको बेलायत यो सूचीमा अहिलेको स्थान भन्दा अगाडी आउने देखिन्छ।
- सिरिया $ ५००
- अष्ट्रेलिया $२८२
- टर्की $२५५.६६
- स्विजरल्याण्ड $१८२
- न्युजिल्याण्ड $१६८
- क्यानडा $१६१
- संयुक्त राज्य अमेरिका $१५५
- बेलायत $१४९.५०
- सिङ्गापुर् $७८.५०








