अाजको साहित्यिक सामग्री कवि द्वारिका कुइकेलको कविता

उ हेरी रहन्थ्यो प्रेम ले मलाइ  !
नदेखे झैं गर्दै म भाग्थें लजाई  ! !
उठ्थ्यो परन्तु मनमा तराना  !
म अन्जान उस्को के थ्यो कूल घराना  ! !

बोकेर मायां मूरी का मूरीमा  !
उ झूल्कन्थ्यो हरदिन द्वारिका पूरी मा  ! !
म संग बोल्ने उ गर्थ्यो बहाना  !
शर्माएर भाग्थें म परें ज़नाना  ! !

लूकेर उस्को म कृयाकलाप  !
हेर्थें जगत थ्यो प्रेम को खिलाप  ! !
देख्यो म मा के अनि मन परायो ? !
यो शान्त मनमा हलचल गरायो  ! !

मनै मूग्ध पार्ने उसको हेराइ  !
हिड्थें तथापि मन मन डराइ  ! !
हर मोड मा बस्थ्यो उ पर्खि मलाइ  !
चुपचाप भेट्ने आश लगाइ  ! !

सकिन बोल्न न उस्ले बोलायो  !
पागल भयो मन र उसै टोलायो  ! !
अकस्मात् आज उ कता हरायो  !
यो संसार खोजें अनि मन डरायो  ! !

कून देस को थ्यो कहाँ बाट आयो ? !
म अन्जान माथी र मायाँ खन्यायो  ! !
यो मस्त मन लाइ मदहोश गरायो  !
घायल बनाइ उ स्वयं हरायो  ! !

न अता पता छ न कूनै ठेगाना  !
गुमनाम भो उ म भएँ बेगाना  ! !
भेटे कसैले मेरो प्यार लाइ  !
म बिर्सन्न कहिल्यै त्यो उपकार लाइ  ! !

अग्लो छ गोरो छ सून्दर जवान  !
कूनै देस को उ छ राजा १ समान  ! !
भिरेको छ ठोक्रो अनि तीर कमान  !
पुरुषार्थी बीर र योद्दा समान  ! !

द्वारिका कुइकेल

सम्बन्धित शिर्षकहरु