रियल मड्रिडको अर्को बराबरी,चम्कन सकेनन् रोनाल्डो

एजेन्सी । साविक विजेता रियल मड्रिडले फेरि बराबरीमा रोकिएको छ । दुई पटकसम्म लिएको अग्रता जोगाउन नसक्दा स्पेनिस ला लिगामा शनिबार राति लेभान्टेसँग दुई दुई गोलको बराबरी खेलेको छ । यो सिजन ला लिगामा निक्कै खराव लयमा देखिएको रियलको यो लिगमा छैटौं बराबरी हो । सर्जियो रामोस र इस्कोले गोल गरेको रियाल मड्रिडका लागि जितका लागि पर्याप्त भएन । बोआटेङले १–१ को बराबरी तथा ८९ मिनेटमा पाजीनीले गोल गरेसंगै २–२ को बराबरी गरे ।

बराबरी भएपछि क्रिष्टियानो रोनाल्डोले स्तव्धपूर्ण हाँसो हाँसेका छन् । यो बराबरीले भने रियालको २१ खेलबाट ३९ अंक भएको छ । शिर्ष स्थानको बार्सिलोनाको ५७ अंक छ । दोस्रो स्थानको एथलेटिको मड्रिडको ४६ तथा तेस्रो स्थानको भ्यालेन्सियाको ४० अंक छ । बार्सिलोनाले आइतबार राति भ्यालेन्सियासंग खेल्नेछ ।

सम्बन्धित शिर्षकहरु