
एजेन्सी । बलिउड सुपरस्टार सलमान खानले कैटरीनाजस्ती प्यारी र सेक्सी युवती कतै नभेटेको बताएका छन् । सलमानले जब पहिलो पटक कैटरीनासँग पहिलोपटक भेटे तब उनलाई उनीजस्ती प्यारी र सेक्सी युवती यो संसारमा कोहि छैन जस्तो लागेको थियो । सलमानले भने, कैटरीनाले मेरो साथीको भाइबहिनीलाई चिनेकी थिइन् । तर मलाई चिनेकी थिइनन् ।
अब यो यात्रा, यो दोस्ती पछिसम्म रहन्छ वा फिल्मपछि सकिन्छ केहि थाहा नभएको सलमानले उल्लेख गरे । पछिल्लो समय उनीहरुले अभिनय गरेको फिल्म टाइगर जिन्दा है सुपरहिट भएको थियो । उनीहरुको सम्बन्धबारे मिडियामा व्यापक चर्चा भए पनि उनीहरुले यसबारे कुनै प्रतित्रिया भने दिएका छैनन् ।








