काठमाण्डौ । आजको साहित्य सामग्रीको रुपमा हामीले कवि, गीतकार,गजलकार तथा चलचित्रकर्मी प्रकाश सुवेदीको रचना लिएका छौँ।
राष्ट्रियता,माया प्रेम,वालमनोविज्ञान र सामाजिक चिन्तनका विविध विषयलाई आफ्ना सृजनामा सरल र सहज तरिकाले समेट्ने सुवेदी सकारात्मक सोचका अभियन्ता समेत हुन्।
गीत
नजरमा तिमी,अधरमा तिमी,मनैमा वस्यौ वास
टाढाको माया,झन् गाढा भयो,भेट हुने ठूलो आश
कि यतै आऊ,कि त्यतै वोलाउ,दिन धेरै गैसक्यो
ढल्कियो घाम,आइसक्यो जून,अवेर भैसक्यो
यी आँखा मेरा,उघारी हेर्दा,तिमीलाई पाइरहुँ
तिमीले देख्ने,सपनामा केवल,मै मात्र आइरहुँ
त्यो केशराशी,मिलेको वदन,आँखा छन् गाजलु
रुपकी रानी,मायाकी खानी,वानी झन् लजालु
त्यो भाग्यमानी,आँफैलाई ठानी,सिउँदो भर्न पाउँ
मायाको वारी,रमाइलो पार्दै,उज्यालो छर्न पाउँ
प्रकाश सुवेदी रुपा ७ कास्की (हाल काठमाण्डौ)









