काठमाडौं । काठमाडौंको मच्छेबहालमा भएको सुरक्षागार्डको हत्या उनकै साथीबाट भएको खुल्न आएको छ । मछिन्द्रवहालको सेक्युरिटीमा कार्यरत तुल बहादुर तामाङको हत्यामा संल्गन अभियुक्तलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। हत्यामा संंलग्न भएको आरोपमा राजन थापा क्षेत्रीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेका हो । ड्यूटीको विषयलाई लिएर दुई जनाबीचको विवादले उग्र बन्दै जाँदा थापाले हत्या गरेको प्रहरीले जनाएको छ।
थापाले गत शनिबार आफु डिउटीमा नआउने बताएपछि झगडा भएको थियो। सोही झगडापछि उनले हत्या गरेको प्रहरीले जनाएको छ। उनले पटक पटक ईट्टाले हानेर हत्या गरेको बयान प्रहरीमा दिएका छन्। प्रहरीका अनुसार क्षेत्री र तामाङ दुवैजना काठमाडौं महानगरपालिका वडा नम्बर २५ मछेन्द्रबहाल चोकमा रहेको इस्टु वेट सेक्युरिटी कम्पनीमा काम गर्दै आएका थिए । उनीहरुबीच करिब ४ महिनाअघिदेखि चिनजान थियो।







