ला लिगा फुटवलमा बार्सिलोना विजयी

एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगा लिग फुटबलमा जित हात पारेको छ । फिलिप कोटिन्होले बार्सिलोनाबाट डेब्यु गरेको खेलमा टीमलाई जिताउन लियोनेल मेस्सी र लुइस स्वारेजले गोल गरे । आफ्नो घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई रोक्न पर्याप्त भएन ।

अलभेसले आफ्नो अग्रतालाई जोगाउन नसक्दा हार ब्यहोरेको हो ।  लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको २१ खेलबाट आफ्नो अपराजित यात्रालाई निरन्तरता राख्दै ५७ अंक बनाएको छ । बार्सिलोनाले अहिलेसम्म १८ खेलमा जित हात पारेको छ भने ३ खेलमा बराबरी खेलको छ ।

लिगको दोस्रो स्थानमा एथ्लेटिको मड्रिड रहेको छ । एथ्लेटिको मड्रिडको समान २१ खेलबाट ४६ अंक रहेको छ । त्यस्तै, लिगको तेस्रो स्थानमा भ्यालेन्सिया र चौथो स्थानमा रियल मड्रिड रहेका छन् ।

सम्बन्धित शिर्षकहरु