रियलको शानदार जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले शानदार जित हात पारेको छ । शनिबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई ४–१ गोलअन्तरले हराएको हो । भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउनका लागि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको डबल पेनाल्टीमा २ गोल गरे भने मार्सेलो र टोनी क्रुसले समान १–१ गोल गरे ।

खेलको १६ औं मिनेटमा पेनाल्टी पाएको रियलका लागि रोनाल्डोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३८ औं मिनेटमा रियलले दोस्रो पेनाल्टी पाएको थियो । दोस्रो पेनाल्टीमा पनि रोनाल्डोले गोल गर्दै रियलले भ्यालेन्सियामाथि २–० गोलको अग्रतामा लियो ।

पहिलो हाफमा २–० गोलअन्तरले अघि रहेको रियलले दोस्रो हाफमा पनि थप २ गोल ग¥यो । खेलको ५८ औं मिनेटमा मिना लोरेन्जोले गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काउने कोशिस गरेका थिए । तर खेलको ८४ औं मिनेटमा मार्सेलोले गोल गर्दै रियललाई ३–१ गोलको स्थितिमा पुर्याए ।

एकपछि अर्को दबाब खेपेको भ्यालेन्सियाले खेलको ८९ औं मिनेटमा रियलका टोनी क्रुसले फेरी अर्को गोल गरे। यो सँगै रियलले समग्रमा ४–१ गोलअन्तरले भ्यालेन्सियलाई हराउन सफल भयो ।

गएराति नै भएका अन्य खेलहरूमा भिल्लारियलले रियल सोसाइडेडलाई ४–२ गोलअन्तरले पराजित गर्दा डिप ला करुना र लेभान्टे २–२ तथा मालगा र गिरोनाले गोल रहित बराबरी खेलेका छन् ।

जित हात पारेपनि रियल लिगको चौथो स्थानमा छ । रियलको २० खेलबाट ३८ अंक रहेको छ भने पराजित भ्यालेन्सिया २१ खेलबाट ४० अंकको साथमा लिगको तेस्रो स्थानमा छ । लिगको शीर्ष स्थानमा भने बार्सिलोना रहेको छ । बार्सिलोनाको २० खेलबाट ५४ अंक रहेको छ ।

सम्बन्धित शिर्षकहरु