आजको साहित्यिक सामग्रीको रुपमा कोपिला घिमिरेको ‘गजल’

 

नलाग है मेरो पछि,म अर्कैकी भाकी मान्छे
जन्म घर छोडिकन,पराईघर गाकी मान्छे

वदलियो घर आँगन ,भेषभुषा थर पनि
बाँकी जीवन ऊनि सँगै,जिऊने कसम खाकी मान्छे

बाबा,आमा,माइती भेट्न,अनुमति माग्नुपर्छ
सहयात्री भइ ऊनकै,दिलभित्र छाकी मान्छे

दुस्ख,सुख,आँसु,हाँसो,साट्दै अघि बढ्नलाई
बिधिपूर्वक सिन्दुर पोते,पराइ हातले लाकी मान्छे

जिन्दगीको यात्राभरि,कुनै अड्चन नहोस् भनी
ऊनकै खुशी आफ्नो मानी,मठ मन्दिर धाकी मान्छे

कोपिला घिमिरे पोखरेल
खोटाङ्ग दिक्तेल

सम्बन्धित शिर्षकहरु