
काठमाडौं । एमाले स्थायी कमिटीको मंगलबारको निर्णयप्रति एमाले नेता घनश्याम भुसाल र पार्टी प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईले नोट अफ् डिसेन्ट (असहमति) राखेका छन् । राष्ट्रिय सभामा पार्टीमा योगदान दिएका, आन्दोलनमा महत्त्वपूर्ण भूमिका निभाएका नेताहरू उमेदवार नबनाइएपछि स्थायी कमिटीको निर्णयप्रति असन्तुष्टि जनाएका हुन् ।
पाँच नम्बर प्रदेशबाट एमाले केन्द्रीय कमिटी सदस्य ठाकुर गैरे र एक नम्बर प्रदेशबाट जगन्नाथ खतिवडालगायत प्रभावशाली नेताहरू नेतृत्वको रोजाइमा नपरेपछि पार्टी संस्थापन पक्षप्रति असन्तुष्टि जनाउदै आएका छन् ।








