अष्ट्रेलियामा मापदण्ड पूरा नगरेका कलेज बन्द गर्ने तयारी, कुन-कुन परे ? (नामावली सहित)

मेलबर्न । मापदण्ड पूरा नगरेको भन्दै सरकारले अष्ट्रेलियाका केही कलेज फेब्रुअरी महिना देखि बन्द गर्ने तयारी थालेको छ । हुने भएका छन् । अष्ट्रेलिया स्किल्स क्वालिटी अथोरिटीले मापदण्ड पूरा नगरेको कारबाही स्वरुप स्टडी ग्रुपको नै दर्ता खारेज गरिदिएपछि त्यस अन्तर्गतका एसीपीई एकेडेमी, अष्ट्रेलियन इन्स्टिच्युट अफ अप्लाइड साइन्स, एमबेसी इंगलिस, मार्टिन कलेज आदि बन्द हुने भएका हुन् ।

कारबाहीमा परेका अधिकांस छोटो तथा प्राविधिक शिक्षा प्रदान गर्दै आएका स्टडी ग्रुप अन्तर्गतका कलेज रहेका छन् ।
यस ग्रुप मध्ये प्राविधिक शिक्षा पढाउने कलेज बन्द हुने तर अंग्रेजी भाषा लगायतका कक्षा संचालन गर्ने शैक्षिक संस्था भने संचालन हुने बताइएको छ ।

अष्ट्रेलियाको कानुन अनुसार कुनै कारणवश शैक्षिक संस्था बन्द भएमा विद्यार्थीलाई उचित विकल्प दिइन्छ र उनीहरुले आर्थिक क्षति पनि व्यहोर्नु पर्दैन । जसले गर्दा कलेज बन्द भएतापनि यी कलेजमा पढ्ने विद्यार्थीहरुलाई मार पर्ने छैन ।

सम्बन्धित शिर्षकहरु