काठमाडौं । प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’ की प्रेमिका खुश्बु ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ज्ञापन पत्र बुझाएकी छिन् । उनले अाफूले सञ्चालन गरेको आश्रय सेल्टर नेपालको लेटर प्याडमा उनले असहाय, अनाथ तथा सडक बालबालिकाको संरक्षणका लागि विस्तृत कार्यक्रम र भौतिक पूर्वाधारको विकासमा पर्याप्त बजेट विनियोजन हुनुपर्ने माग गर्दै प्रचण्डलाई ज्ञापन पत्र बुझाएकी हुन् ।
ज्ञापन पत्रमा भनिएको छ, ‘यो विश्वकपमा २२ देशबाट २४ टिमको सहभागिता रहनेछ । जसमा छात्र र छात्रामा समान १२/१२ टिम छन् । नेपालले पहिलो पटक छात्र टिममा भाग लिन लागेको हो । आगामी विश्वकपमा छात्रालाई पनि सहभागी गराउने हाम्रो लक्ष्य छ ।’
उनले मानव बेचबिखन, यौनशोषण लगायतका हिंसामा बालबालिकाको प्रयोग रोक्नका निम्ति सीमित कार्यक्रम बने पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन नसकेको बताउँदै नेपालमा सडक, अनाथ तथा असहाय बालबालिकालाई संरक्षण र उचित शिक्षादिक्षाको प्रबन्ध गर्ने कार्य लक्ष्य अनुसार अघि बढ्न नसकेको उल्लेख गरेकी छिन् ।







