वीर अस्पतालको ट्रमा सेन्टरबाट हाम फालेर आत्महत्या

काठमाडौं । नेपालमा अवैध रुपमा बसिरहेको अवस्थामा पक्राउ परेका एक अमेरिकी नागरिकले काठमाडौंको वीर अस्पतालमा रहेको ट्रमा सेन्टरबाट हाम फालेर आत्महत्या गरेका छन् । नेपालमा अवैध रुपमा बसेको भन्दै पक्राउ परेका अमेरिकी नागरिक जोन पारमाकले आइतवार साँझ ट्रमा सेन्टरको छैटौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

सो घटनापछि उपचारका लागि उनलाई वीर अस्पताल लगिएको थियो। प्रहरीलाई झुक्याएर उनी हाम फालेका हुन्। उनले ट्रमा सेन्टरको छैंठौं तलाबाट हाम फालेको प्रहरीले जनाएको छ। लागूऔषध दुव्र्यसनी जोनसँग पासपोर्ट र भिसा नभएको खुलेपछि पर्यटन प्रहरीले गत साता पक्राउ गरेको थियो।

सम्बन्धित शिर्षकहरु