मौनताले पोल्दाखेरी,मुटु दुख्यो यतातिर
उता आँसु झर्दाखेरी,गह सुक्यो यतातिर
नबोलेरै मन साट्यौं,नबोलेरै माया फाट्यो
वोल्ने चाह हुदाहुदै,आवाज रुक्यो यतातिर
आकाशका जुन तारा ,सोचे तिमी संसार सारा
तिम्रो उचाइ खस्न खोज्दा,शिर झुक्यो यतातिर
नपाउने पिरतीमा,जिउन खोज्छन हाँसोहरु
तिम्ले खुसी पायौ अरे,हाँसो छुट्यो यतातिर!
न त जुरयो भाग्यमा नै,न त कुनै नाता थियो
दुनियाले अर्थ खोज्दा,कथा लुक्यो यतातिर!!
सिर्जु









