खेतबारीमा अन्नबालि लगाउँदैनन् आजभोलि ।
छिमेकीले अर्मपर्म सघाउँदैनन् आजभोलि ।
गाउँघर नै शून्य भा छ सबै शहर पसे पछि
मिहिनेतको पसिना कोही बगाउँदैनन् आजभोलि ।
आधुनिक कृषी कार्य गर्नुपर्छभन्नेले नै
काम गर्न कुनै जोस जगाउँदैनन् आजभोलि ।
थोत्रो घर छ वुढा वुढी रोगी शरीर धानेका छन्
चुलो वाल्न नसक्नाले अघाउँदैनन् आजभोलि ।
सडक,पानी,स्वास्थ्य चौकी सुबिधा त पुगेकै छन्
तर भए रित्ता बस्ती जगमगाउँदैनन् आजभोलि ।
शून्य भए बनपाखा माली बिहिन फुलबारी छन्
गोडमेल बिना जाई(जुहि मग्मगाउँदैनन् आजभोलि ।









