डा.केसीको स्वास्थ्यमा समस्या, उपचारका लागि वीर अस्पताल भर्ना

काठमाडौँ । प्रहरीले डा. गोविन्द केसीको स्वास्थ्य उपचारका लागि वीर अस्पताल लगेको छ ।  सर्वोच्च अदालत आज बयान भएपनि बहस हुन सकेन र अदालतले प्रहरी हिरासतमै राख्न आदेश दियो । तर प्रहरीले सिंहदरबार बृत्त लैजाने क्रममा स्वास्थ्यमा समस्या भएपछि डा. केसीलाई वीर अस्पताल लगिएको हो ।

डा केसीका सहयोगी डा. तोसीमा कार्कीका अनुसार डा केसीको स्वास्थ्यमा आज दिउँसोदेखिनै समस्या आएको र रक्तचाप घटेको थियो, त्यसैले उहाँलाई अस्पताल ल्याइएको हो । प्रहरीले डा केसीको मोबाइल उहाँलाई नदिएको पनि डा. तोसीमाले जानकारी दिनुभयो । रासस

सम्बन्धित शिर्षकहरु