किन गए पूर्वराजा ज्ञानेन्द्र उत्तर प्रदेशका मुख्यमन्त्री योगी भेट्न ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले लखनउमा स्वागत गरेका छन् । स्थल मार्गबाट नेपालगञ्ज हुँदै युपी पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई आदित्यनाथले दोसल्ला ओडाएर स्वागत गरेका हुन् ।

मुख्यमन्त्री आदित्यनाथले सामाजिक सञ्जाल ट्वीटरमा फोटो राख्दै नेपालका पूर्व नरेश ज्ञानेन्द्रसँग लखनउ स्थित सरकारी निवासमा भेट भएको जनाएका छन् । भारतीय जनता पार्टीबाट मुख्यमन्त्रीमा निर्वाचित हुनुअघि आदित्यनाथ नेपाललाई हिन्दुराष्ट्र कायम गर्ने र राजतन्त्र फर्काउने अभियानमा सक्रिय थिए ।

उनीहरुबीच भएको भेटमा के कुरा भयो भन्ने खुलाइएको छैन् । पश्चिम नेपालको भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र आइतवार नेपालजञ्जबाट गाडीमा लखनउ प्रस्थान गरेका थिए ।

सम्बन्धित शिर्षकहरु