मेस्सी बिना मैदानमा उत्रिएको बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बिहीबार राति भएको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना बराबरीमा रोकिएको छ । ला लिगा लिडर बार्सिलोना अर्को ला लिगा क्लब सेल्टा डि भिगोसँग १–१ को बराबरीमा रोकिएको हो । स्टार स्ट्राइकर लियोनल मेस्सी र लुइस स्वारेज बिना नै मैदानमा उत्रिएको बार्सिलोनाले खेलको १५ औं मिनेटमा जोसे अनाइजको गोलबाट सुरुवाती अग्रता लिएको थियो ।

तर ३१ औं मिनेटमा सिस्टोले सेल्टाका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन र खेल १ – १ गोलको बराबरीमा सकियो । दुई टोलीबिचको दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा हुने छ । बिहिबार राति भएको अर्को खेलमा लेगानेसले भिल्लारियललाई १–० पराजित ग¥यो ।

सम्बन्धित शिर्षकहरु