काठमाडौं । काठमाडौं महानगरपालिकाकाले परम्परागत (मल्लकालीन शैली)मै रानीपोखरीको पुनर्निर्माण गर्ने निर्णय गरेको छ । पुरातात्विक महत्वको रानीपोखरी निर्माणसम्बन्धी विवाद बढ्दै गएपछि बिहीवार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको बैठकले रानीपोखरीलाई मल्लकालीन शैलीमै पुनर्निर्माण गर्ने निर्णय गरेको हो ।
बैठकमा काठमाडौं महानगरपालिकाकाली उपमेयर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव र पुरातत्व विभागका महानिर्देशकको समेत उपस्थिति थियो । बैठकले रानीपोखरी पुनर्निर्माणका सम्बन्धनमा अध्ययन गर्न ११ सदस्यीय समिति समेत गठन गरेको छ ।
पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा गठित समतिमा भवनविभागमा र्पूव महानर्दिशक सुर्यभक्त साँगाछे, पुनर्निर्माण प्राधिकरणको सम्पदा महाशाखाका प्रमुख राजु मानन्धर लगायत छन् । समितिले मल्लकालीन शैली र रानीपोखरीको पुनर्निर्माणसम्बन्धमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने छ ।









