नेपाली सामुदायिक भवन निर्माणका लागि घले दम्पत्तिद्वारा दुई लाख डलर प्रदान

मेलवर्न । अष्ट्रेलियाका सफल ब्यबसायी एवं परोपकारी ब्यक्तित्वहरु शेष घले र जमुना गुरुङले अष्ट्रेलियाको मेलवर्नमा निर्माण हुन लागेको नेपाली सामुदायिक भवन निर्माणका लागि दुई लाख डलर प्रदान गरेका छन् ।

सामुदायिक भवन निर्माण गर्न आर्थिक सहयोग जुटाउने उदेश्यले मेलवर्नमा आयोजना गरिएको महापुराण कार्यक्रममा पुगेर आइतबार उनीहरुले सो रकम दान गर्ने घोषणा गरेका हुन् । नेपाली सामुदायिक भवन निर्माणका लागि यति ठूलो रकम दान दिइएको नेपाली डायस्पोरामा सम्भवतः यो पहिलोपटक हो । झण्डै साढे दुई दशकदेखि मेलवर्नमा ब्यबसाय गरिरहेका घले दम्पत्ति सफल उद्यमी एवं परोपकारी ब्यक्तित्व हुन् ।

पशुपतिनाथ र स्वयम्भुनाथको मन्दिरसमेत अटाउनेगरी बनाउन लागिएको नेपाली सामुदायिक भवन निर्माणका लागि मेलवर्नमा रहेका नेपाली समुदायले सक्रियतापूर्वक सहयोग प्रदान गरेका छन् ।

सम्बन्धित शिर्षकहरु