अष्ट्रेलिया । धुर्मस-सुन्तलीसँगै नेपाल आईडलका ‘टप थ्री’ ले अष्ट्रेलियाको पर्थमा दिएको प्रस्तुतिवाट ३२ लाख संकलन भएको छ । धुर्मुस-सुन्तली फाउन्डेशनलाई सहयोग गर्नको लागि वी केयर नेपालको आयोजनामा गत डिसेम्बर १६ तारिखका दिन सम्पन्न ‘धुर्मुस सुन्तली साँझ’ मा उक्त रकम संकलन भएको हो ।
धुर्मस-सुन्तलीसँगै नेपाल आइडलका बुद्ध लामा, फस्ट रनरअप निशात भट्टराई र सेकेन्ड रनरअप प्रताप दासले आफ्नो प्रस्तुति वाट वी केयर नेपालको तर्फबाट संकलित २५ हजार अष्ट्रेलियन डलर गरी लगभग ४० हजार अष्ट्रेलियन डलर (अनुमानित नेपाली ३२ लाख भन्दा बढी) संकलन भएको बताईएको छ ।
कार्यक्रमबाट संकलित रकम धुर्मुस सुन्तली फाउण्डेसनको सहयोगार्थ खर्च गरिने आयोजकले जानकारी दिएको छ । बस्तीको लागि अझै लगभग २ करोड ३० लाख हाराहारी रकम अभाव रहेको फाउण्डेसनले जनाएको छ ।








