प्रधानमन्त्रीका मुख्य दाबेदारका रूपमा देखिएका अध्यक्ष ओलीको यस्तो छ मन्त्रीमण्डलकाे सदस्य सुची

काठमाडाैं । प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावमा वाम गठबन्धनले बलियो नतिजा हाँसिल गरेसँगै एमाले अध्यक्ष केपी शर्मा भावी प्रधानमन्त्रीकाे बलियो दावेदारको रूपमा देखिएका छन् । माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रस्तावमा ओली प्रधानमन्त्री बन्ने लगभग निश्चित भर्इरहँदा उनको क्याबिनेटका सदस्य अर्थात् मन्त्रीहरु को-को होलान् भन्ने अहिले चर्चाको विषय बनेको छ ।

नया संबिधानमा ब्यबस्थाका अनुसार केन्द्र सरकारमा २५ सदस्यीय हुनेछन् जसका लागी ओलीले लिस्ट नै तयार परिसकेका छन् । अोलीको सुचीमा एमाले महासचिब इश्वर पोख्रेल उप-प्रधान सहितको मालदार मन्त्रालयको जिम्मेवारीमा छन् भने सचिब योगेश भट्टराई संचार तथा शिक्षा मन्त्रीका लागी सुचीकृत भएका छन् ।

यसैगरी एमालेकै सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुषाल, शेरबहादुर तामाङ, महेश बस्नेत, हृदयेश त्रिपाठी, नवराज सिलवाल, पद्यमा अर्याल, रघुवीर महासेठ, लालबाबु पण्डित, पार्वत गुरुङ, यज्ञबहादुर सुनुवार, छविलाल विश्वकर्मा, धन बहादुर बुढा, रविन्द्र प्रसाद अधिकारी, दीपकप्रसाद भट्ट, नारदमुनि राना, कृष्णगोपाल श्रेष्ठ, रामवीर मानन्धर लगायतको नाम मन्त्रीको अग्रस्थानमा राखिएको उच्च स्रोतले जनाएको छ ।

उता माओवादी केन्द्रबाट भने अग्नी सापकोटा, पम्फा भुषाल, जर्नादन शर्मा, वर्षमान पुन, शिवकुमार मण्डल, देवेन्द्र पौडेल, प्रभु शाह, बिना मगर, हितवहादुर तामाङ, श्यामकुमार श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी तथा राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेललगायतको नाम रहेको बुझ्ननमा अाएको छ ।

युवा पुस्ताबीच पनि राम्रै लोकप्रीयता हाँसिल गरेका तथा भावी प्रधानमन्त्रीका रूपमा देखिएका अध्यक्ष ओलीले मन्त्रीमण्डलमा युवा नेतृत्वलार्इ जोड दिएको देखिएको छ । विगतका भाषणहरूमा पनि अध्यक्ष ओलीले क्षमता भएका र अनुभबीलाई बिशेष प्राथमीकतामा राखिने बताएका थिए ।

सम्बन्धित शिर्षकहरु