
भदौ २७, काठमाडौं। अमेरिकी प्रस्तावमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियामाथि थप कडा प्रतिबन्धहरु लगाउने प्रस्तावलाई १५ सदस्य राष्ट्रले सर्वसम्मतिले पारित गरेको छ ।
गएको हप्ता गरेको छैटौं तथा अहिलेसम्मकै ठूलो परमाणु परीक्षणपछि उत्तर कोरियामाथि नयाँ कडा प्रतिबन्ध लगाउने सम्बन्धी प्रस्तावमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा छलफल भएको थियो । अमेरिकाको पहलमा तयार भएको नयाँ प्रतिबन्धको प्रस्तावमा सुरुमा चीन र रुसले सहमति जनाएका थिएनन् । तर अन्ततः चीन र रुसले पनि प्रतिबन्ध प्रस्तावको पक्षमा भोट दिएपछि उत्तर कोरियामाथि प्रतिबन्ध थप कडा पार्ने सम्बन्धी प्रस्ताव १५–० ले पारित भएको हो ।
नयाँ प्रतिबन्ध अनुसार अब उत्तर कोरियाबाट कोइला, लिड तथा सि फुड निर्यात बन्द गरिने छ । गएको हप्ता प्रस्ताव गरिएको प्रतिबन्ध प्रस्तावका केही कडा प्रावधान हटाएपछि त्यसमा सहमति जुटेको हो । सुरुमा उत्तर कोरियामा इन्धन ९तेल० पठाउन बन्द गर्ने तथा नेता किम जोङ–उनको सम्पत्ति फ्रिज गर्ने प्रस्ताव गरिएको थियो । तर चीन र रुसको आपत्तिपछि यसलाई हटाइएको छ ।
राष्ट्रसंघीय सुरक्षा परिषद्ले रुस तथा चीनलगायत १५ सदस्य राष्ट्रको सर्वसम्मतीमा उत्तर कोरियाका सबैभन्दा मुख्य आम्दानीको स्रोत मानिएको लत्ताकपडा र कच्चा तेलको निर्यातमाथि कडा प्रतिबन्ध लगाएकोे हो ।
उत्तर कोरियाले लगातार गरेको क्षेप्यास्त्र परीक्षणले विश्वलाई चुनौति दिएको भन्दै अमेरिकाले थप कडा प्रतिबन्धको प्रस्ताव संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा लगेपछि उक्त प्रस्तावलाई १५ सदस्य राष्ट्रले सर्वसम्मतिले पारित गरेका हुन् ।
नयाँ प्रतिबन्धमा उत्तर कोरियाले आफ्नो पारमाणविक कार्यक्रमका लागि जुटाउने रकम तथा इन्धनप्रति लक्षित रहेको ुबीबीसीुले उल्लेख गरेको छ ।
सोमवार (हिजो)नै उत्तर कोरियाले संयुक्त राष्ट्रसंघमार्फत आफूविरुद्ध कडा प्रतिबन्ध लगाए अमेरिकाले ‘ठूलो पीडा र दुःख’ पाउने चेतावनी दिएको थियो । साथै, सरकारीसन्चारमाध्यम ‘रोडोङ सिन्मुन’मार्फत उत्तर कोरियाले अमेरिका आफ्नो परमाणु विकासलाई उल्ट्याउन चाहने ‘रक्तपिपाशु जनावर’ भएको आरोपसमेत लगाएको थियो ।








