भदौ २६,काठमाडौं । सामसुङले नयाँ स्मार्ट फोन ‘ग्यालेक्सी नोट एट’ सार्वजनिक गरेको छ । नोट सेभेनमा देखिएका समस्या हटाएर त्यसमा केही परिवर्तन गरे नयाँ फोन ल्याएको हो । नयाँ फोन केही ठूलो स्क्रिनका साथ आएको छ ।

विश्व बजारमा १५ सेप्टेम्बर (भदौ ३० गते) देखि उपलब्ध भए पनि नेपालमा भने सामसुङ ग्यालेक्सी नोट एट दसैँ अघि नआउने भएको छ । नेपालका लागि सामसुङ मोवाइलको आधिकारिक बिक्रेता आइएमएफ प्रालिका अनुसार दसैँ अघि नै ल्याउने प्रयास गरिएता पनि केहि प्राविधिक कारणले सम्भव नभएको हो । तर बुकिङ भने दसैँअघि नै खुल्ला गरिने र दसैँ लगतै डेलिभरी सुरु हुने कम्पनिले जनाएको छ ।
विश्व बजारमा एक हजार अमेरिकी डलर मूल्य रहेको सामसुङ नोट एट नेपालमा एक लाखदेखि एकलाख पाँच हजार रुपैयाँसम्ममा किन्न सकिने छ । भन्सार छुटका कारण विश्व बजारमा भन्दा नेपालमा केही सस्तोमा यो पाउन सकिने जनाइएको छ ।

के के छन त यस्का विशेषता ?
-६.३ इन्चको स्क्रिन (सामसुङ एस एट प्लमा ६.२ इन्चको स्क्रिन छ)
-२९६० गुणा १४४० सुपर एमोलिड डिस्प्ले
-स्न्याप ड्रयागन ८३५ प्रोसेसर
-६ जिबीको र्याम (यसअघि चार जिबीको र्याम)
-६४ जिबीको इन्टरनल मेमोरी (एसडी कार्ड राखेर एक्पाण्ड गर्न सकिने)
-३३०० एमएच ब्याट्री (निकाल्न मिल्दैन)
-युएसबी चार्ज (वायरलेस चार्जर पनि)
-सिनेम्याटिक डिस्प्ले

एस पेन
-स्केच बनउ सकिने, रिमाइन्डर
-नोट राख्न सकिने
-वाटर रेसिस्ट्यान्ट
-एस पेनकै थ्रु स्क्रिन सट लिन सकिने

क्यामरा
-१२ मेगापिक्सलको डुयल क्यामरा
-दुई पटकसम्म अप्टिकल जुम गर्न सकिने
-कम प्रकाश भएको ठाउँमा पनि राम्रो तस्बिर लिन सकिने
-फोकस फोटो लिन सकिने
-पोट्रेट फोटोका लागि उपयुक्त चलायमान बस्तुको पनि तस्बिर राम्रो लिन सकिने









