अष्ट्रेलिया पठाउने भन्दै ठग्ने तीनजना विदेशी पक्राउ

भदौ २६,काठमाडौं, ।दुई जना मलेशियन र एकजना अष्ट्रेलियन नागरिकलाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।अष्ट्रेलिया पठाइ दिने भन्दै एक करोड २५ लाख ठगी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मलेशियन नागरिक रामदास बस्कारादास र धमलिङगम तथा अष्ट्रेलियाका रविन्द्र रहेका छन् । काठमाडौंस्थित आईएफपी एजुकेशन कन्सल्टेन्सीमार्फत ११ जना नेपालीलाई ‘आईएलटीएस’ विना नै अष्ट्रेलिया अध्ययनका लागि पठाइदिने भन्दै उनीहरुले ठगी गरेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित शिर्षकहरु