ओलीको स्वास्थ्य अवस्था सोचेभन्दा राम्रो

काठमाडौँ ।  नियमित स्वास्थ्य परीक्षणका क्रममा थाइल्याण्डको बैककमा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो भएको पाइएको छ । अध्यक्ष ओली स्वास्थ्य परीक्षणका क्रममा अहिले बैककको वुमरुमगाड अस्पतालमा स्वास्थ्य परीक्षण गराइरहेका छन् ।

निर्वाचनको दौडधुपका कारण चिकित्सकको सल्लाहअनुसार उनी पुस २६ गते स्वास्थ्य परीक्षण गराउन  धर्मपत्नी राधिका शाक्यसहित चिकित्सक विद्यासिंह साह र यादव भट्टको साथमा बैंकक गएका हुन् ।  अध्यक्ष ओली आगामी बुधबार स्वदेश फर्कने उनका स्वकीय सचिवले बताएका छन् ।

सम्बन्धित शिर्षकहरु