भदौ २५,बझाङ । ४५ किलो चरेससहित बझाङ प्रहरी कार्यालयले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्मा गाउँपालिका–५ का दीपक बोहरा, र गोठे बोहरा रहेको बझाङ प्रहरीले जनाएको छ ।
आइतबार बिहान तारुगाड लघु जलविद्युत आयोजनाको निर्माणधीन पावर हाउसको भवनभित्र लुकाएर राखेको अवस्थामा उनीहरुलाई ४५ किलो चरेस र ४७ हजार रुपैयाँसहित पक्राउ गरिएको हो ।








