करेन्ट लाग्दा दुईको मृत्यु

भदौ २५,काठमाडौं । भुइँमा खसेको बिजुलीको तारबाट करेन्ट लागेर सिरहामा दुई जनाको ज्यान गएको छ ।
करेन्ट लागेर धनगढीमाई नगरपालिका १२ का ४० वर्षिय लाटी पुलामी मगरको ज्यान गएको हो ।

त्यसैगरी, लहान नगरपालिका १३ भोिटयाटोलका ४० वर्षका विष्णु चौधरीको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । घरमा विजुलीको फ्यूज बनाइरहेको बेला करेन्ट लागेर घाइते भएका चौधरीको उपचारको बलागि लहान लाँदै गर्दा बाटोमै ज्यान गएको इलाका प्रहरी कार्यालय लहानले जनाएको हो ।

दुबै जनाको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।

सम्बन्धित शिर्षकहरु