एनआरएनए अष्ट्रेलियाको निर्वाचन सुरू

अष्ट्रेलिया, गैर आवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाको निर्वाचन भर्खर सुरू भएको छ । मतदान विहान ८ः०० बजेबाट सुरू भएको हो । मतदान सुरू भएपछि नेपाली समूदायका मानिसहरू बसोबास गर्ने स्थान वरपर तथा सडकहरूमा ट्राफिक जाम समेत भएको बताइएको छ । मतदान अष्ट्रेलियाको ६ वटा राज्यमा एकसाथ सुरू भएको छ । निर्वाचनमा पाँच हजार भन्दा बढी अष्ट्रेलियाबासी नेपाली समूदाय सहभागि भइरहेका छन् । यद्यपी अष्ट्रेलियामा मात्रै ७० हजार भन्दा बढी नेपालीहरू रहेको बताइन्छ ।अष्ट्रेलियामा रहेका नेपाली मध्ये धेरै विद्यार्थीहरूको बाहुल्यता छ ।

विभिन्न स्टेटका हाम्रा सम्वाददाताहरूका अनुसार मतदाताहरू उत्साहपूर्वक लाइनमा बसिरहेका छन् । त्यसैगरी स्वयम्सेवकहरू पनि निर्वाचन व्यवस्थित बनाउनका लागि लागिपरेका छन् ।

एनआरएनए अष्ट्रेलियाको आगामि नेतृत्वका लागि भरत पोखरेल र सुरेन्द्र सिग्देल चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । त्यस्तै ६ वटा स्टेटबाट दर्जनौँ उम्मेदवारहरू मैदानमा छन् । मतदान विद्युतीय प्रक्रियाबाट भइरहेको छ । मतदान बेलुका ६ बजे सम्म जारी रहने छ भने मतदान सकिएको तीन घण्टामै परिणाम आइसक्ने जानकारी पनि निर्वाचन आयोगले दिएको छ । हामी पलपलको खवर यहाँहरूमाझ सम्प्रेषण गर्ने छौँ । हामीसँगै रहनुहोला ।

सम्बन्धित शिर्षकहरु