अपडेट: नुवाकोटमा बस दुर्घटना, ६ जनाको मृत्यु, २८ जना घाइते

भदौ २४, नुवाकोट । काठमाडौंको नयाँ बसपार्कबाट खरानीटार हिडेको बा २ ख ६३४८ नम्बरको यात्रुबाहक बस नुवाकोटको थानाभञ्ज्याङमा दुर्घटना भएको छ। दुर्घटनामा परी ६ जनाको मृत्युु भएको छ भने २८ जना घाईते भएका छन् ।

काठमाडौंको नयाँ बसपार्कबाट बिहान साढे ९ बजे नुवाकोटको खरानीटारका लागि गुडेको बा१ख ६३४८ नम्बरको यात्रीबस नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर–७ गुरुङगाउँमा अपराह्न १२ बजेतिर दुर्घटना भएको हो ।

मृत्यु हुनेहरुमा तादी गाउँपालिकाका ६७ वर्षीया ठूलीमाया तामाङ, विदुर नगरपालिकाका २१ वर्षीया शशी बोगटी, तादी गाउँपालिका, नर्जामन्डपका ४५ वर्षीया लक्ष्मी न्यौपाने, ५७ वर्षीय लालबहादुर तामाङ, २२ वर्षीया सविना तामाङ र उजेली मिजार रहेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटकाअनुसार दुर्घटनामा अरु २८ जना घाइते भएका छन् । उनीहरुको काठमाडौंका ग्रान्डी, ग्रीनसिटी, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले जानकारी दिए । चालक फरार रहेका जनाइएको छ

सम्बन्धित शिर्षकहरु