भदौ २३, मेक्सिको । मेक्सिको दक्षिणी तट नजिकै शक्तिशाली भूकम्प गएको छ ।मेक्सिकोमा शुक्रबार (स्थानीय समयअनुसार बिहीबार राति ११ः४९ बजे) शक्तिशाली भूकम्प गएको छ ।
८ म्याग्निच्यूड मापन गरिएको भूकम्पको केन्द्रविन्दू पिजिजिपानबाट १२३ किलोमिटर दक्षिणपश्चिममा रहेको थियो । भूकम्प गए लगत्तै सरकारद्धारा सुनामीको चेतावनी जारी गरिएको छ ।
मेक्सिकोका अतिरिक्त ग्वाटेमाला, एल साल्भाडोर, कोस्टारिका, निकारागुवा, पनामा र होन्डुरसमा पनि सुनामीको चेतावनी जारी गरिएको छ । ग्वाटेमालाको सीमा नजिकै केन्द्रबिन्दु रहेको भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन ।








