भदाै २३, काठमाडाैँ । भर्खर मात्रै नेपाली नारीहरुको महान पर्वत तीज सकिएर दशै र तिहार आउँदै गर्दा नेपाली गीत संगीतमा आफुलाई स्थापित गराउँदै अाएका एक प्रतिभाशाली गायक बिनोद कार्कीको दशैको रातो टिकाको गीती भिडियो सार्वजनिक भएको छ ।
गायक बिनोद कार्की र पछिल्लो समयकी चर्चित गायीका जुना श्रीस मगरको दमदार आवाजमा समेटीएको दशैको गीतमा परदेशमा भएका प्रियले नेपालमा रहेकी आफ्नीलाई सम्झाएका छन् । जसले गीतलाई निकै मार्मीक बनाएको छ।
डुले होलान चाहाना मनमा, फुले होलान मखमली आगनमा
पिडा होला झन, दशै तिहार आएपछि पिडा भयो झन
दशैको रातो टिका, मन भयो फिका फिका
तिहारको फुल माला लाउरेनी जुगै जाला
के गछौं त सानुले सम्हाले है मन ।।।
जस्ता शब्दहरु राजन केसीले कोरेका छन् र सो गीतलाई संगीत बिनोद कार्की आफैे दिएका छन् । मुनाल डिजिटलको ब्यानरमा भर्खरै मात्र म्युजिक नेपालको युटुव च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतलाई निर्देशन शिवन् पोखरेल, सम्पादन अधिनायकमान सेरचन, छांयाकन अजय रेग्मी र मोडलको रुपमा राजन केसी र एलिना रायमाझीले गरेको मुनाल डिजिटलका संञ्चालक स्यारेन क्षेत्रीले बताएका छन् ।
भिडियो :








