सुनको मुल्य यो वर्षकै सबैभन्दा महंगो, कति पुग्यो ?

भदौं २२, काठमाडौं । विश्व बजारमा सुनको भाउ निरन्तर उकालो लाग्दा यस्को असर नेपाली बजारमा समेत देखिएको छ । नेपाली बजारमा सुनको मुल्य एकवर्ष यताकै सबैभन्दा महंगो भएको छ ।

अमेरिका र उत्तरकोरियाबीचको विवादको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको महंगो भएकाले नेपालमा पनि त्यसको असर परेको बताइएको छ ।

बुधबार सुनको मुल्य ५७ हजार ५ सय पुगेको छ । यो एकवर्ष यताकै सबैभन्दा महंगो भएको सुनचाँदी व्यवसायीले बताएका छन् । २०६९ सालमा सुनको मुल्य नेपालमा ६३ हजारसम्म पुगेको थियो ।

सम्बन्धित शिर्षकहरु