यी हुन् धेरै दुर्घटना हुने चार सडक

कात्तिक १  काठमाडौं । सडक विभागले गरेको एक अध्ययनले देशभरका सडकहरूमध्ये चारवटा सडकखण्डमा धेरै दुर्घटना हुने गरेको देखाएको छ ।

सिद्धार्थ  राजमार्गको आर्यभन्ज्याङ–राम्दी खण्ड (१२ किलोमिटर), लमही–तुल्सीपुर सडकखण्ड (२९.६२ किलोमिटर)०, अरनिको राजमार्गको सूर्यविनायक–दोलालघाट खण्ड (४७।.१७ किलोमिटर) र भालुवाङ–भाडण्डा–रोल्पा सडकखण्ड (९१ किलोमिटर) मा धेरै दुर्घटना हुने गरेको छ।

यी सडकलाई विभागले ‘ब्ल्याक स्पट’ मानेको   विभागको सडक तथा ट्राफिक इकाइका इन्जिनियर विवेक पाण्डेले बताए । सडक डिभिजन कार्यालयको माग र निर्माण सम्पन्न भएका तर दुर्घटना दोहोरिरहने सडकखण्डलाई छनोट गरेर विभागले अध्ययन गरेको हो । ‘यसरी गरिएको अध्ययनमा उल्लेखित चार सडकखण्ड सबैभन्दा बढी दुर्घटना हुनेमा परेका हुन्,’ इन्जिनियर पाण्डेले भने ।

सडकमा धेरै दुर्घटना हुने ठाउँलाई इन्जिनियरिङ भाषामा ‘ब्ल्याक स्पट’ भनिन्छ । यस्तो स्थानमा दुर्घटनाका कारण र न्यूनीकरण गर्नका लागि गरिने अध्ययनलाई भने ‘ब्ल्याक स्पट आइडेन्टिफिकेसन’ भनिन्छ । यस्तो अध्ययनमा दुर्घटना हुने सम्भावित कारण पत्ता लगाउने र हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्न अपनाउनुपर्ने मापनहरू सिफारिस गर्ने गरिन्छ ।
अध्ययनबाट आएका सुझाबलाई दुर्घटना न्यूनीकरणका लागि कार्यान्वयन गर्ने योजना रहेको सडक विभागका सहप्रवक्ता लक्ष्मीदत्त भट्टले बताए ।

त्यस्तै, ब्ल्याक स्पटमा पर्नेमध्येको एक  आर्यभञ्ज्याङ–राम्दी सडकखण्डलाई हेर्ने डिभिजन सडक कार्यालय तानसेन, पाल्पाका प्रमुख सुजन अधिकारीले सडक  अधिक घुमाउरो ९टर्निङ० भएको हुँदा  दुर्घटनामा  पर्ने गरेको जानकारी दिए । तर, पछिल्लो  दुई वर्षमा धेरै सुधार गरिसकेको डिभिजन कार्यालयको दाबी  छ । ‘सडकको छेउतिर प्यारापिट वाल लगाइएको छ, रातको समयमा सडक टल्कने व्यवस्था गरी दुर्घटना न्यूनीकरणको उपाय अवलम्बन गरिएको छ,’ उनले भने ।

सम्बन्धित शिर्षकहरु