भदौं २२,एजेन्सी । अमेरिकाले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लागु गर्ने भएको छ। केही दिनअघि उत्तर कोरियाले हाइड्रोजन बमसहितको परमाणु परीक्षण गरेपछि त्यसको जवाफमा अमेरीकाले यस्तो निर्णय गरेको हो ।
अमेरिकाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ममा उत्तर कोरियाका नेता किम जोङ उनको सम्पत्ति फ्रिज गर्ने र इन्धन प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेको हो।
उक्त प्रस्तावमा उत्तर कोरियामाथि इन्धन र कपडा प्रतिबन्ध लगाउने तथा नेता किम जोङको सम्पत्ति फ्रिज गर्ने लगायतका विषय समेटिएका छन्। उत्तर कोरियामा रुस र चीनले इन्धन निर्यात गर्दै आएका छन्। अमेरिकाको नयाँ प्रतिबन्ध पछि यी दुई देशलाई अप्ठ्यारो परेको छ।
उत्तर कोरियाले गत आइतबार भूकम्पको धक्का महशुस हुने गरी हाइड्रोजन बमसहितको परमाणु परीक्षण गरेको थियो।








