भूमध्यसागरमा अलपत्र रोहिन्ग्याको उद्धारका लागि जहाज पठाइयो

भदौ २०, काठमाडौं। म्यानमारमा भएको जातीय दंगामा परेर घर छाड्न बाध्य रोहिन्ग्या मुसलमान समुदायको उद्धारको लागि प्रयासहरु थालिएका छन ।

भूमध्यसागरमा अलपत्र परेका म्यानमारबाट लखेटिएका रोहिन्ग्या शरणार्थी उद्धारका लागि एक संस्था एशियातर्फ सोझिएको हो । दि माइग्रयान्ट अफ्सोर एड स्टेसन नामक संस्थाले हजारौं अलपत्र शरणार्थीलाई भूमध्य सागरबाट उद्धार गरेको थियो ।

सन् २०१४ देखि माल्टामा रहेर भूमध्यसागरमा अलपत्र परेकाहरुको उद्धार गरिरहेको उक्त संस्था अब भने रोहिन्ग्याको सहायताका लागि म्यानमारतर्फ लागेको हो ।

म्यानमारमा बस्न नसकेर रोहिन्ग्या समुदायका करीब ९० हजार व्यक्ति बंगलादेशमा शरण लिन पुगेको खबरपछि उद्धारको प्रयास थालिएको हो ।

उद्धारका लागि म्यानमारतर्फ पठाइएका पानी जहाजहरु बंगालको खाडीमा पुग्न तीन हप्ता लाग्ने जनाइएको छ ।

अत्यावश्यकीय मानवीय सहायता सामग्री पु¥याइने उक्त संस्थाले जनाएको छ ।

अल्पसंख्यक मुस्लिम समुदायमाथि राज्यका तर्फबाटै दमन भएको भन्दै म्यानमार सरकारको विश्वस्तरमै आलोचना बढेको छ ।

सम्बन्धित शिर्षकहरु