
भदौ १९ । यसै सिजन १०५ मिलियन युरोमा बार्सिलोनाले बोरुसिया डर्टमण्डका स्टार खेलाडी ओउसमाने डेम्बेलेलाई किन्यो । उनलाई क्लबमा अनुबन्ध गर्न बार्सालाई ठुलै सकस पर्यो ।
डेम्बेलेले बार्सा आउन गरेको ढिलो निर्णयबारे बोलेका छन् । उनले नयाँ क्लबमा आएपछि चर्चा बढी हुने तर निरन्छर खेल्न पाइएन भने करिअर धरापमा पर्ने बताएका छन् ।
उनका अनुसार बार्सामा खेल्ने समयबारे अन्तिम निर्णय भएपछि बार्सा आएका थिए । बोरुसिया र बार्सिलोनाबीच लामो समय डेम्बेलेलाई लिएर छलफल चल्यो । अन्तत बोरुसियाले डेम्बेलेलाई बेच्यो । अब बार्सिलोनाको लाइन अपमा डेम्बेले कसरी अटाउँनेछन् सबैको चासोको विषय बनेको छ । एजेन्सी








