नर्थन विचेज नेप्लीज सोसाईटीको आयोजनामा दशैँ सेलिब्रेशन २०१७ हुने:

महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया

 

आफ्नै पर्व कसलाई पो मन पर्दैनर। देश बाहिर रहंदा आफ्नो चाढ पर्वको अझ बढि सम्झना आउंछ ती सम्झना छातिमै राखेर बांचेका हुन्छन थूप्रै नेपालीहरु। जुन भूगोलमा रहेपनि हाम्रै पर्व दशैं र तिहार बांचिरहेका छन ती नेपालीकै छातिमा । यस्तै प्रवासमा रहने नेपालीहरुले आफ्नै पनमा दशैं र तिहार मनाई रहेका छन। उत्तरी सिड्नीमा बसोबास गर्ने नेपाली समुदायको एक संस्था नर्थन विचेज नेप्लीज सोसाईटीले यो वर्षको दशैँ तिहार धुमधामका साथ मनाउने भएको छ। नर्थन विचेज नेप्लीज सोसाईटीले आयोजना गर्ने सो कार्यक्रम २४ सेप्टेम्बर आइतबार साँझ ५ बजे देखि १० बजे सम्म टेड ब्ल्याकउड नाराविन युथ एण्ड कम्यूनिटी सेन्टर,वारीउडमा हुनेछ।

महान चाढ दशैं तिहारको सो अवशरमा शुभकामना आदनप्रदान साथसाथै सांगितीक प्रस्तुतीहरुपनि रहने आयोजकले बताएको छ। नर्थन विचेज नेप्लीज सोसाईटीका अध्यक्ष कृष्ण सापकोटाले असनेपालन्युज संग कुरा गर्दै भने। हामी नेपालबाट टाढ छौं तर हाम्रा यी चाढ पर्वले हामीलाई नजिक बनाएकाछन। यस्ता कार्यक्रमले पछिल्ला पुस्ताहरु माझ नेपाली मौलिक संस्कृती बचाई राख्न मद्दत गर्दछ भन्ने मलाइ लाग्दछ उनले बताए।

सो कार्यक्रममा चर्चित लोक गायीका तथा उद्घोशिका मन्जु पौडेल र मोडेल तथा म्युजिक भिडीयो निर्देशक विजय थापाको उद्घोषक तथा सांगिती प्रस्तुती रहनेछ भने,गायीका मिना निरौलाले सांगिती प्रस्तुती दिनेछिन। मेरो दुनिया बेग्लैछ बाट चर्चा कमाएका चर्चित गायक समिर आचार्यको बेजोड सांगितीक प्रस्तुती रहनेछ। भने नेपिन्डो फ्युजन ग्रुपले आकर्षक नित्य प्रस्तुत गर्नेछ। सो कार्यक्रममा डिजे क्रसले सांगिती प्रस्तुतीलाई आकर्षक ढंगबाट मनोरञ्जन दिनेछ भने फोटोसुट प्याच माइलो फोटोग्राफिको रहेको छ। साथै नेप्लीज डिनर पनि रहेको छ। सो कार्यक्रमको टिकट शुल्क $२५ रहेको छ।

 

 

 

सम्बन्धित शिर्षकहरु